असोज ०६, २०८१, आइतबार
               

निर्माणाधीन पुलबाट खसेर एकजनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुलबाट खस्दा एक मजदुरको मृत्यु भएको छ । पुल निर्माणका लागि बनाएको खट भत्किँदा भारतका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।  मृतक यादव भारतको बेतियाका हुन् ।

साथै, दुर्घटनामा परेर सात मजदुर घाइते भएका छन् ।प्रहरीका अनुसार घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आइतबार विहान त्रिशुलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि