जेठ ०६, २०८१, आइतबार
               

११ सय ७३ जना परे ट्राफिक कारबाहीमा

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  ट्राफिक नियम उल्लंघन गरेर गाडी चलाउने ११ सय ७३ जना चालक कारबाहीमा परेका छन् । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने उल्लेखित चालकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमध्ये ३३ मापासे गरेकाले कारबाहीमा परेका छन् । त्यसैगरी, चार सय ५८ गाडीलाई सडकमै होल्ड गरेको छ । हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउनेलगायत कसुरमा चार सय ४८ वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गाडीलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ठाउँठाउँमा प्रहरी परिचालन गरेर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार आइतवार (आज) उपत्यकाका नौ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

साथै कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइ–बुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि