मंसिर ०७, २०८१, शुक्रबार
               

गणतन्त्रसम्म यात्राको जननी आजको क्रान्ति हो : सभापति देउवा

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको बताएका छन् ।

‘राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो, मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो’, सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र २०६२–६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको उनको भनाइ छ ।

सभापति देउवाले ऐतिहासिक त्यो घडी सम्भव तुल्याउने शहीद एवं जननायक बिपी कोइरालालगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष ऊर्जा सबैलाई प्रदान गर्नेछ भन्ने उनले विश्वास लिएका छन् ।

यो पनि