बैशाख २२, २०८१, शनिबार
               

भागरथी भट्ट हत्याका आरोपितलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत बैतडीले प्रहरीलाई बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेकै दिन अदालतले प्रहरीलाई सो आदेश दिएको हो । 

भागरथी भट्टको हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले बुधबार नै दिनेशलाई सार्वजनिक गरेको थियो । दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् ।

भोलिपल्ट उनको शव माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। प्रहरीले भागरथीका हत्यारालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरिसकेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि