जेठ ०५, २०८१, शनिबार
               

भागरथी भट्टको हत्यामा संलग्न आरोपित सार्वजनिक

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा संलग्न  आरोपित सार्वजनिक गरेको छ।

एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय  बैतडीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिएको भनी बयान दिएका थिए । 

पोस्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको छ ।  गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा लबलेक सामुदायिक वनमा भेटिएको थियो । 

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको खुलेको छ । प्रहरी स्रोतका अनुसार दिनेशले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि