जेठ ०५, २०८१, शनिबार
               

प्रहरी भागरथी भट्ट प्रकरण अनुसन्धान गर्न सफल: गृहमन्त्री थापा

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरी सफल भएको बताएका छन् । 

 एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेकै दिन मन्त्री थापाले सो बताएका थिए । मन्त्री थापाले यसअघि पनि प्रहरी अनुसन्धानको नजिक पगेको दाबी गरेका थिए । 

घटनाका अभियुक्तलाई  कानुनी कारवाहीको दायरामा ल्याएको मन्त्री थापाले नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् । सो क्रममा मन्त्री थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको पनि बताए। 

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् ।

भोलिपल्ट उनको शव माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। प्रहरीले भागरथीका हत्यारालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरिसकेको छ।

यो पनि

 

यो पनि