जेठ ०६, २०८१, आइतबार
               

निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु

रासस
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । दार्चुलामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधीन मज्जेखोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा शनिबार दुईजना मजदुरको मृत्यु भएको हो । 

एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपि हिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशंकर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए । 

सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि