जेठ ०६, २०८१, आइतबार
               

'पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सूचना विभागको परिचयपत्र अनिवार्य छैन'

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुई मध्ये एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।  

सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुई मध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था सुरु भएकाे हाे । 

सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । 


कस्तो लाग्यो ?

यो पनि