बैशाख २६, २०८१, बुधबार
               

बन्दमा यस्तो देखियो, काठमाडौं (फोटोफिचर)

विवश कुलुङ
माघ २२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेकाे आम हड्तालका कारण काठमाडौंका सडक सुनसानजस्तै देखिएकाे छ । निजी सवारीसाधन र ट्याक्सी मात्र चलेका छन् । सरकाले हिजो बुधबार संबैधानिक निकायमा असंबैधनिक नियुक्ति गरेकाे भन्दै प्रचण्ड-नेपाल समूहले नेपाल बन्दकाे आव्हान गरेकाे हाे । उक्त बन्दकाे प्रभाव देशभर नै देखियो । 

बन्दकाे अवज्ञा गरेकाे बन्दै विभिन्न स्थामा आगजनी भएकाे छ । त्यस्तै बन्द गर्न सडकमा निस्केका नेकपाका दर्जनौ कार्यकर्ता पनि पक्राउ परेका छन् । आज बन्दकाे कारण लामे दूरीका सवारीसाधन चल्न नसकेकाे ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए । त्यस्तै काठमाडौं उपत्यकाभित्र पनि फाट्टफुट्ट मात्र सार्वजनिक सवारीसाधन चलेका छन् । 

आजकाे बन्द सफल बनाउनकाे लागि नेकपा (प्रचण्ड-नेपाल) समूहले काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा कमाण्डर चयन गरी खटाएकाे छ । जसअनुसार कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कमाण्डर तोकिएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे छ । यस्तै बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेललाई जिम्मा दिइएकाे छ ।

पुल्चोकमा पम्फा भुसाल, कोटेश्‍वरमा लीलामणि पोखरेल, नारायणगोपाल चोकमा शक्ति बस्‍नेत, गोंगबुमा भीम रावल , बालाजुमा रघुजी पन्त तथा रत्‍नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा कमाण्डर तोकिएका छन् । उनीहरू सडकमै बसेर बन्दकाे आव्हान गरी कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् । साथै काठमाडौंका अधिकतर हाेटल तथा पसलहरू पनि बन्द छन् । 

कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एव‌‌‌म् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि