जेठ ०५, २०८१, शनिबार
               

प्रयोगशालाबाट चोरिएका सामान जङ्गलको पँधेरोमा भेटिए

रासस
माघ २२, २०७७

ADVERTISEMENT

वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ ।

क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो ।

अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो ।

चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि