जेठ ०५, २०८१, शनिबार
               

नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य वाग्ले मृत भेटिए

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार, नेपाल दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा भेटिएका छन् ।

बुधबार राति जिल्लाको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्लेको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेता वाग्ले सवार मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा फेला परेको छ । 

नेकपा दाहाल–नेपाल–माधव समूहले बुधबार साँझ सर्लाहीको बरहथवानमा आयोजना गरेको मशाल जुलुसबाट घर फर्कने क्रममा वाग्ले मृत अवस्थामा भेटिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि