जेठ ०६, २०८१, आइतबार
               

न्यायाधीहरुले प्रधानमन्त्रीलाई भेटको भन्दै संवैधानिक इजलासमा असन्तुष्टि प्रकट

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पुस ५ मा संसद् विघटनपश्चात् सोविरुद्ध परेका रिटको सुनुवाइ हुने क्रम जारी रहेका बेला रिट निवेदकहरुले न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीनमा अवस्थामा रहेकै बेला केही न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । 

रिट निवेदक तथा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको बताउँदै संवैधानिक इजलासमा आपत्ति जनाएकी थिइन् । 

न्यायाधीशहरु सपना प्रधान मल्ल, दीपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भटेको बताउँदै उनले सो भेट शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताइन् ।

न्यायाधीशहरु र प्रधानमन्त्रीको भेटकै कारण जनतामा न्यायालयप्रति विश्वास टुट्ने सम्भावना रहेको उनको भनाइ छ । तर, उनको भनाइप्रति लक्षित गर्दै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गरेका छन् । 

यो पनि