जेठ ०७, २०८१, सोमबार
               

स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ

रासस
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३७ लाख रूपैयाँ नगदसहित एक जनालाई पक्रेको छ । चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार प्रहरीले सो रकमसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चितवनबाट काठमाडौं आउँदै गरेको बा‍. ३ख ९१३९ नम्बरको हाइस गाडीमा आइरहेका रामकुमारलाई पक्रेको हो । झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रामकुमारको साथबाट ३७ लाख नगद र ७ लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि