जेठ ०१, २०८१, मंगलबार
               

घुससहित एक कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।अख्तियारको टोलीले लेखापढी व्यवसायी रामसुन्दर महतोसँग घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।  

लालपूर्जामा नाम सच्याउनका लागि एक सेवाग्राहीसँग नासु बरालले व्यवसायी महतोमार्फत ११ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले दुवै जनालाई रंगेहात फेला पारेको जनाइएको छ ।

अख्तियारको टोलीले लेखापढी व्यवसायी महतोलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि