कात्तिक ३०, २०८१, शुक्रबार
               

एम्बुलेन्सको ठक्करबाट बृद्धको मृत्यु

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

तुलसीपुर । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र  पोखरेलको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नंको एम्बुलेन्सले रा ४ प १५६६ नंको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दिउँसो २ः३० बजेतिर भएको दुर्घटनाबाट गम्भीर घाइते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि