जेठ ०४, २०८१, शुक्रबार
               

संवैधानिक इजलासद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ । सो इजलासले माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु भनेर आदेश दिएको हो ।

सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘निवेदनको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कानूनबमोजिमको आधार र कारण भए सो समेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७/९/१९ सम्म महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेश गर्नू ।’

पुस ५ गते आइतबार सरकारले संसद विघटन गरेसँगै सर्वोच्चमा रिट परेपछि सो इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । 

यो पनि