जेठ ०४, २०८१, शुक्रबार
               

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनविरुद्ध परेका एक इजलासका १२ वटा मुद्धा संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका छन् । सर्वोच्चले प्रतिनिधसभा विघटनको निर्णय तत्कालका लागि यथास्थितिमा राख्नूसमेत भनेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको स्राेतले जनाएकाे छ । 

 प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनु  पर्ने बताउदै संवैधानिक इजलासमा पठाएका हुन् । संवैधानिक इजलासमा आगामी शुक्रबार सुनुवाइ हुनेछ । 

कतिपयले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चबाट आजै अन्तरिम आदेश दिनसक्ने अनुमान गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि