बैशाख २०, २०८१, बिहीबार
               

बेलायतबाट बुधबार राति १२ बजेपछि नेपाल कोही आउन नपाउने

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनसँगै  बेलायतले अब कुनै एयरलाइन्सले सिधा उडानबाट नेपाल आउन पाउने छैनन् । नेपाल सरकारको सो निर्णय बुधबार राति १२ बजेबाट लागू हुनेछ । उक्त निर्णय  अर्को सूचना जारी नभइन्जेल कार्यान्वयन हुने बताइएको छ । 

यससँगै अब नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लागेको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट बेलायत उडान गर्ने एयरलाइन्सहरु बन्द हुने भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि