जेठ १९, २०८१, शनिबार
               

उपत्यकामा १३ शव व्यवस्थापन टोली परिचालित

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

कोरोना संक्रमणबाट मृत्यु भएकाहरूकाे शव व्यवस्थापनमा नेपाली सेनाको उपत्यका पृतनामार्फत् तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का छवटा छाउनीमा तयार पारिएका १३ समूह क्रियाशील रहेका छन् । नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकालीका दुई महिला समूह त्यसमा सामेल छन् । शव रहेको अस्पताल नजिक पर्ने छाउनीबाट टोली परिचालन हुन्छ ।

अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ । पृतनाको निर्देशन अनुसार टोली परिचालन हुन्छ । दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरूकै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए ।

अहिलेसम्म एक हजार ३०० भन्दा बढी शव उपत्यकाबाट व्यवस्थापन गरिसकिएको छ । त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी ६ शव विदेशी नागरिकको थियो । पशुपतिस्थित विद्युतीय शव दाहस्थलका अतिरिक्त स्वयम्भूको समाधिस्थलमा ६ र वनकाली समाधिस्थलमा चार शव व्यवस्थापन गरिएको विवरण उपत्यका पृतनाले दिएको छ ।

२०१७ सालदेखि नै नेपाली सेनामा प्राविधिकतर्फ महिला सहभागी थिए । विसं २०६० पछि प्रशासनतर्फ पनि सहभागी गराइएको हो । अहिले सेनामा पाँच हजारभन्दा बढी सैनिक महिला छन् । 

नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ । प्रत्येक जिल्लामा दुई या त्योभन्दा माथिको समूह तयार गरेर राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि