असोज ०६, २०८१, आइतबार
               

गुल्मीका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मंसिर २५ गते लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको परिवारले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि