बैशाख २१, २०८१, शुक्रबार
               

माइतीघरमा उखु किसानको आन्दोलन (तस्बिरसहित)

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकी बक्यौताको माग गर्दै आएका सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमण्डलामा आन्दोलन सुरु गरेका छन् । 

माइतीघर मण्डलामा सुरु भएको सो आन्दोलनमा उनीहरुले उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो, सानो छ खेत सानो छ बारी सानै छ जहान,सानो छ देश ठूलै छ सरकार अटेन किसान, सरकार किसानलाई बाँच्न देऊ, २०७६ पुस १८मा भएको सहमति कार्यान्वयन गर्, हिटर तापेर पैसा फिर्ता ल्याइदिनु,हामीलाई चप्पलमै न्यानो हुन्छ सरकारलगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

करिब ५२ करोड बक्यौता उठाउन बाँकी रहको बताउँदै आएका उनीहरु विगत केही वर्षदेखि संघर्षरत छन् । त्यहीअनुरुप उनीहरुले आइतबारबाट राजधानीमा आन्दोलन सुरु गरेका हुन् । 

गत वर्ष पनि काठमाडौंमै आन्दोलन गरी बाँकी बक्यौता पाउने सर्तमा आन्दोलन रोकी घर फर्केका थिए । तर, सो सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि भुक्तानी नपाएपछि आइतबारबाट पुन: उनीहरुले राजधानीको केन्द्र माइतीघरमण्डलामा आइतबारबाट आन्दोलन सुरु गरेका हुन् । 

बाँकी बक्यौताका लागि आन्दोलन गर्नै भनी उखु किसान शनिबार बेलुका काठमाडौं आइपुगेका हुन् । आइतबार पनि उखु किसान काठमाडौं आउने क्रम जारी छ ।

यसअघि सरकारले उखु किसानलाई उद्योगीबाट पैसा दिलाइदिने बाचा गरे पनि बाचा पूरा नभएपछि निर्णायक आन्दोलनमा पुग्नका लागि काठमाडौं नै आएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । 

काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तरगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नगरेको भनी उनीहरुले सरकारप्रति गुनासो गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि