बैशाख २८, २०८१, शुक्रबार
               

सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको छ । 

नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा नेपाल सरकारले सार्वजनिक गरेसँगै अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर पुगेको छ । यसअघि सगरमाथाको उचाइ समुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम थियो । 

नापी विभागको टोलीले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । भारतले पहिलोपटक सन् १९५५ मा मापन गरेका आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिँदै आइएको थियो । यसअघि सगरमाथाको उचाइ १० पटक मापन गरिएको थियो । पछिल्लो मापन ११ औँ पटक हो । यसअघि भारतले मात्रै ३ पटक मापन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि