बैशाख १७, २०८१, सोमबार
               

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेकाे अभियोगमा प्रहरीले ३ जनालई पक्राउ गरेकाे छ । उनीहरूले सर्भर ह्याक गरी परीक्षार्थीहरूलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको हाे ।

लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनीहरूलाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको ब्युरोले जनाएको छ ।

लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो भने उनीहरूलाई काठमाडौं र पोखराबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

यो पनि