बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधनप्रति दु:ख व्यक्त गरेकी छिन् ।

फ्रान्सका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको भण्डारीले बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोक सन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गरेकी छिन् ।

फ्रान्सका पूर्वराष्ट्रपति डिएस्टेङ्गको कोरोना भाइरस संक्रमणका कारण गत बुधबार मृत्यु भएको थियो । 

उनी सन् १९७४ देखि १९८१सम्‍म राष्ट्रपति बनेका थिए ।  

उनलाई खासगरी युरोपियन देशहरुलाई एकजुट बनाउन महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिका रुपमा चिनिन्छन् । 


कस्तो लाग्यो ?

यो पनि