बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपतिको मृत्यु

एजेन्सी
मंसिर १८, २०७७

ADVERTISEMENT

फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि ९४ वर्षीय डिएस्टेङ्ग अस्पताल भर्ना भएका थिए । 

स्वास्थ्यमा सुधार भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । 

तर बुधबार अचानक फेरि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।  

निजी चिकित्सकहरुले घरमै उपचार गर्ने क्रममा उनको निधन भएको अलजजिराले उल्लेख गरेको छ । 

उनी सन् १९७४ देखि १९८१सम्‍म राष्ट्रपति बनेका थिए । 

उनलाई खासगरी युरोपियन देशहरुलाई एकजुट बनाउन महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिका रुपमा चिनिन्छन् । 

यो पनि