जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा आज यस वर्षकै बढी चिसो महसुस

रासस
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौंमा आज यस वर्षकै बढी चिसो भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । 

विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । 

“राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भने । 

तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि