असोज ०६, २०८१, आइतबार
               

बर्दिबास गोलीकाण्डको छानबिन गर्न समिति गठन

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका बलात्कार तथा हत्या घटनामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको विषयमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव खातुनको बलात्कार पछि हत्या भएको घटनाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि स्थानीय बुद्धिराज न्यौपानेको मंगलबार मृत्यु भएको थियो ।

गृह मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ ।

साथै मृतक बालिका खातुन र न्यौपानेको परिवारलाई उचित क्षतिपुर्ती दिने र घाइतेको उपचार गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयले घटनाका दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

यो पनि