असोज ०६, २०८१, आइतबार
               

बर्दिवासमा आज पनि प्रदर्शन : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

महोत्तरी । बर्दिवासस्थित पूर्व-पश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । 

६ वर्षीय बालिकाको बलात्कारपछि हत्या र बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर भएको मृत्युको विरोध गर्दै स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध बनाएका हुन् ।

स्थानीयवासी सडकमा निस्किएर प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ ।

बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका वडानम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।

घटनाको निष्पक्ष छानबिन गर्न तथा गोली चलाउन आदेश दिने प्रहरी तथा प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

मंसिर ७ गते आइतबारदेखि वेपत्ता भएकी शहीद आलमकी ६ वर्षीया छाेरी गुलाब साह खातुनको हत्या गरेर फालिएको अवस्थामा बोरामा शव फेला परेको थियो ।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ ।

हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी तथा तोडफोडसमेत गरेका थिए । घर पूर्णरुपमा क्षति भएको छ ।

यो पनि