असोज ०६, २०८१, आइतबार
               

६ वर्षीया बालिका हत्या प्रकरण : राजमार्ग बन्दले यात्रुलाई सास्ती

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

महोत्तरीको बर्दिबासमा जारी प्रदर्शनका कारण यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।

बर्दिबास १४ कि ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपश्चात् भएको हत्याका विरोधमा मंगलबार बिहानैदेखि स्थानीयले बर्दिबास बजार तथा पूर्व-पश्चिम राजमार्ग बन्द गर्दै प्रदर्शन गरिरहेका छन् ।

मंगलबार साँझदेखि खुलेको राजमार्ग तथा बजार बुधबार बिहानदेखि पुनः स्थानीय बासिन्दाले बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् । 

मंगलबार दिउँसो प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीय बासिन्दा आन्दोलत भएका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा बर्दिबासको पूर्व तथा पश्चिममै यातायातका साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । 

गन्तव्यमा पुग्न समस्या भएपछि केही यात्रीहरु पैदल हिँडेरै यात्रा गरिरहेका छन् । 

प्रदर्शन रोक्न तथा राजमार्ग खोलाउन स्थानीय प्रशासनले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञालाई तोड्दै स्थानीयहरु राजमार्गमा प्रदर्शन गरेका कारण सवारी अवागमनमा अवरोध भएको हो ।

आइतबार साँझादेखि बेपत्ता भएकी गुलाब साहको बलात्कारपश्चात् हत्या गरिएको अवस्थामा सोमबार राति शव बोरामा फेला परेपछि मंगलबार बिहानबाटै स्थानीयहरु प्रदर्शनमा उत्रेका थिए ।

मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीय झनै आक्रोशित बनेका छन् । 

न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग स्थानीय बासिन्दाले गरेका छन् ।

यो पनि