बैशाख २२, २०८१, शनिबार
               

बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

महोत्तरी । बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ । 

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या तथा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेका लागि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य गर्न दुवै पक्षबीच बुधबार साँझ वार्ता भएको हो ।

बुधबार साँझ इलाका प्रहरी कार्यालय बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच वार्ता भएको थियो । 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार वार्तामा निम्न चार बुँदे सहमति भएको छ ।

- पीडितलाई क्षतिपुर्ति दिने ।

- दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने ।

- प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र 

- प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने ।

दुवै पक्षबीच भोलि (बिहीबार) देखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने सहमति भएको समेत भएको प्रजिअ कटुवालले बताए ।

बार्तामा आन्दोलनरत पक्षबाट वार्ता टोलीका संयोजक कांग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामणि पोखरेल र हिरा गौतम लगायत थिए भने प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि