असोज ०६, २०८१, आइतबार
               

कोरोनाका कारण विराटनगरमा थप तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ मा पछिल्लोपटक ३ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थति बीपी कोभडि अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महलिा र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालकिा-६ का ४० वर्षीय पुरुषको राति करिब ११:४० बजेतरि मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण देखिएको थियो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार त्यस्तै सुनसरीको धरान उपमहानगरपालकिा-७ की ५० वर्षीया महिलाको पनि राति करिब ९:१५ बजे मृत्यु भएको छ । महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो । महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए ।

अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भए/नभएको बारेमा केही पनि खुलाएको छैन । उता कोरोना भाइरस संक्रमित सप्तरीका एक पुरुषको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिान धरानमा मृत्यु भएको छ ।

सप्तरीको राजविराज ४ का ५० वर्षीय पुरुषको मंगलबार राति  करिब १२:१५ बजेतिर मृत्यु भएको प्रतष्ठिानले जनाएको छ । मंसिर १ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो। मृतकमा कलेजोको पुरानै समस्या रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि