असोज ०६, २०८१, आइतबार
               

भरतपुर अस्पतालको आइसियुमा ७३ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

 चितवन । चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२१ की ७३ वर्षीया ती महिलाको आज दिउँसो बिहान पौने १२ मृत्यु भएको अस्पतालले जनाएको छ ।

महिलालाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनी २३ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कात्तिक २५ गते कोरोना पुष्टि भएको थियो ।

यो सँगै चितवनमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । चितवनमा हाल ३ सय २७ संक्रमित उपचाररत छन् । 


कस्तो लाग्यो ?

यो पनि