असोज ०६, २०८१, आइतबार
               

कक्षा १२का विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन मन्त्री पोखरेलको अपिल

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिनका लागि अपिल गरेका छन् । 

एक विज्ञप्ति निकाल्दै मन्त्री पोखरेलले कोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गरी ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका हुन् ।

यसका अलवा मन्त्री पोखरेलले केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन पनि अनुरोध गरेका छन् । सो विज्ञप्तिमा उनले भनेका छन्, ‘सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात हुनेजस्ता सामान्य कुरा पालनामा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी बढिरहेको छ,’ उनले भनेका छन्, ‘युवा परीक्षार्थी भाइबहिनीहरुले आगामी परीक्षामा कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै अरुको लागि पनि दृष्टान्त बन्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

यसका अलवा उनले घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउँदाजाँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् । 
त्यसैगरी, परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको उनको भनाइ छ । 

कक्षा १२ को परीक्षा यही मंसिर ९ गते (मंगलबार)देखि सुरु हुँदै छ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि