असोज ०६, २०८१, आइतबार
               

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

सुनसरी । धरानमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको हो । 

उनलाई १ गते कोरोना पुष्टि भएको र ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

झापामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ  ।

उपचाररत संक्रमित ५ सय ७९, संक्रमणमुक्त २ हजार ९ सय ६ र कुल संक्रमित ३ हजार ५ सय ९ छन् ।


कस्तो लाग्यो ?

यो पनि