असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट  थप तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

बनेपा । कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य  कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।  

उनीहरुको अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । हालसम्ममा जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् । आज मात्रै जिल्लाबाट २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

आज विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा  बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २  र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् । हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि