असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट धरानमा एकै परिवारका दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

विराटनगर ।  कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान–१४ विजयपुरमा श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

तीन दिन अघि ६७ वर्षीय वृद्धाको मृत्यु भएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमानको पनि उपचारको क्रममा मृत्यु भएको धरान उपहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

तीन दिनअघि श्रीमतीको कोरोना संक्रमणले मृत्यु भएको हो । आज बिहान श्रीमानको पनि मृत्यु भएको मेहताले जानकारी दिए।

मृतकको कात्तिक २१ गते स्वाब संकलन गरिएको थियो । उनको पिसीआर रिपोर्ट २३ गते पोजेटिभ आएको मेहताले बताए। घरमा नै बसेका वृद्धलाई आज बिहान गाह्रो भएपछि करिब साढे ९ बजेतिर वीपी प्रतिष्ठान लगिएको थियो । उनको बिहान साढे १० बजे मृत्यु भएको जानकारी आएको पनि मेहताले बताए ।


कस्तो लाग्यो ?

यो पनि