बैशाख २४, २०८१, सोमबार
               

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

हास्य कलाकार मनोज गजुरेल
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ । 

कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमण पसष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ ।

कार्तिक १९ गते (बुधबार) अस्पताल भर्ना भएका गजुरेलको हाल आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनलाई निमोनिया भएको आशंका गरिएको छ । 

आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सार्वजनिक गरेका थिए । 

आफ्ना दाजुलाई अस्पताल ल्याउने-लैजाने क्रममा आफू संक्रमित भएको हुनसक्ने उनले बताएका थिए । 

१८ गते (मंगलबार) उनले आफ्नो स्वास्थ्य अवस्थामा पूर्ण सुधार भैनसकेको बताउँदै शरीरले फरक फरक कृया–प्रतिकृया देखाई रहेको समेत उल्लेख गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि