असोज ०६, २०८१, आइतबार
               

सरकारको चेतावनीकै बीच मंगलबार बिहान खुलामञ्चमा खाना खुवाइयो

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना महामारीको मार परी रोजगार गुमाइ बिहान-बेलुका हात मुख जोर्न धौ-धौ हुने गरेकाहरुलाई करिब सात महिनादेखि हाम्रो टिम नेपाल र हन्ड्रेड ग्रुपले खाना खुवाउँदै आएका छन् । 

तर, सरकारले खुलामञ्चमा खाना खुवाउने काम अशोभनीय भएको भन्दै रोक्नका लागि चेतावनी दिएको छ ।त्यही चेतावनीका बीचमा पनि हाम्रो टिम नामक संस्थाले मंगलबार बिहानको खाना खुवाएको छ ।

सरकारको चेतावनीका बीचमा पनि उनीहरुले रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई मंगलबार बिहानको खाना खुवाए । कोरोना कहरका कारण रोजगार गुमाएकाहरुलाई सरकारले व्यवस्थापन नगरुन्जेल खाना खुवाउने काम जारी राख्ने प्रतिबद्धता उनीहरुको छ । मंगलबार बिहानको खाना पनि उनीहरुले त्यसैअनुरुप खुवाएका हुन् । 

मंगलबार पनि खाना खुवाउने काममा अवरोधका लागि प्रहरी आएका, तर आफूहरुले यी भोका पेट बसेकाहरुलाई सरकारले केही विकल्प नदिएसम्म खाना खुवाउने बताएको एक अभियान्ताले बताए । 

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले सात महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउँदा आफ्नो बेइजेत भएको बताएको थियो । विपन्नहरुलाई खाना खुवाउँदै आएका अभियन्ताहरुलाई काठमाडौं महानगरपालिकाले अब काठमाडौंका सार्वजनिकस्थानमा यसरी खाना वितरण नगर्न निर्देशन दिएको थियो । जसको आलोचना व्यापक रुपमा भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि