असोज ०६, २०८१, आइतबार
               

न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले दिएको जानकारीअनुसार विराटनगर-११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि