जेठ ०६, २०८१, आइतबार
               

प्रहरी प्रमुखलाई धम्की दिने विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् ।

उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी थिइन् ।

गत जेठमा पाटनबाट हतियार तथा विस्फोटक पदार्थसहित आफ्ना पार्टीका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा उनले विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।

विप्लव समूहले आज (आइतबार) ललितपुरमा कोणसभा गर्ने घोषणा गरेको थियो ।

शनिबार राति सावित्राको साथबाट मोबाइल, सिमलगायत विप्लव समूहका झन्डा तथा ब्यानरसमेत बरामद गरिएको एसएसपी राईले बताए । 

यो पनि