जेठ ०६, २०८१, आइतबार
               

सहमतिमा दुईदिनपछि आँगनको शव उठ्यो

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिका–१ पशुपतिटोलस्थित सिल गरिएको कब्रस्तानमा शुक्रबार मृत्यु भएका मोहमद जमसेदको शव व्यवस्थापन गर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा संघर्ष समिति र मुस्लिम समुदायबिच शुक्रबार मृत्यु भएका धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहमद जमसेदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति भएको प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले प्रशासनमा दुवै पक्ष बसेर छलफलपछि शव व्यवस्थापनका लागि गइसकेको बताए । कब्रस्तान सिल भएपछि दुई दिनदेखि शव घरको आँगनमा राखिएको थियो ।

धनगढी उपमहानगरपालिका–२ की ५७ वर्षीया मुस्लिम महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि बिहीबार नेपाली सेनाले शव व्यवस्थापन गरेपछि स्थानीयको विरोधपछि कब्रस्तान सिल गरिएको थियो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रबार बिहान मोहमद जमसेद मृत्यु भएको थियो । दुई दिनदेखि शव घरमै राखेको छ । मुस्लिम संस्कार अनुसार कब्रस्तानमा गाड्ने परम्परा भएकाले त्यही गाड्न पाउनुपर्ने उनीहरुले माग गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि