जेठ ०१, २०८१, मंगलबार
               

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरेको छ ।

ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेकाे आरोपमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाहीलाई पक्राउ गरेका हुन् । 

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारवाहीको दायरामा ल्याउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ । यस्ता कार्य गरी आर्थिक प्रलोभनमा नपर्ने प्रहरीलाई महाशाखाले पुरस्कृत गरिरहेकाे छ।  

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालयमा सुचित गर्न अपिलसमेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि