जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाका कारण पूर्वसंविधानसभा सदस्य मानपुर चौधरीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण संविधानसभा सदस्य मानपुर चौधरीको मृत्यु भएको छ । मंगलबार सप्तरी कंचनरुप नगरपालिका ४ जगतपुरका उनको  उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

दुई साताको बीचमा उनमा कोरोना परीक्षण गराउँदा उनमा दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । ५५ वर्षका उनी ज्वरोबाट पीडित थिए ।  ज्वरोका अलवा उनमा सास लिन कठिनाइ हुने समस्या पनि थियो । असोज तेस्रो साता उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।

पुनः बिरामी भएपछि कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिए ।

कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

यो पनि