जेठ ०३, २०८१, बिहीबार
               

बैतडीको पाटन बजार क्षेत्र सिल

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ ।त्यसैगरी,  देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ ।

पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरिएको हो  । शनिबार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो ।

नगरप्रमुख चन्दले पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको बताए । यसका अलवा यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको छ । सो निर्णय उल्लंघन भएमा पाँच हजार जरीवाना गर्ने निर्णय पनि भएको छ ।

यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ । यसका साथै सवारी आवागमनमा रोक लगाइएको छ । महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकाले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि