बैशाख १७, २०८१, सोमबार
               

गोरखाबाट परीक्षणका लागि काठमाडौं ल्याइएको स्वाब टेकुले परीक्षण नगरेपछि पोखरा पठाइयो

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

गोरखा । कोरोना भाइरस संक्रमण परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाब परीक्षण नगरी मंगलबार फिर्ता पठाएको  हो ।

जिल्लाका विभिन्न स्थानीय तहका दुई सय ३४ जनाको स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौ पठाइएका ती स्वाब  प्रयोगशालाले परीक्षण गर्न नमानेपछि फिर्ता पठाइएको बताइएको छ ।

सो स्वाब गोरखाबाट गाडीमा हालेर काठमाडौं  पठाइएको थियो । अहिले ती स्वाब परीक्षणाका लागि पोखरा पठाइएको बताइएको छ । 

यो पनि