जेठ ०२, २०८१, बुधबार
               

कोरोना विशेष अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ । 

मङ्गलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५ः१५ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

यस्तै, कोरोना सङ्क्रमण भएर सात दिनदेखि होम आइसुलेशनमा बसेका  तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि बुधबार बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि क्रिमसन अस्पताल पुप्याइएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि