मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा थप १६ सङ्क्रमण, दुईको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आइसियूमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियूमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि