बैशाख १७, २०८१, सोमबार
               

कात्तिक १६ गतेदेखि हुने भनिएका लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै परीक्षा तालिका तय भएका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो । पूर्वनिर्धारित कार्यतालिका स्थगित गर्नुको मुख्यका कारण कोरोना महामारी भएको सो सूचनामा उल्लेख गरिएको छ ।

‘कोरोनाका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ, ‘परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको छ ।’

यो पनि