जेठ ०२, २०८१, बुधबार
               

भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

बाँके बर्दियाकाे ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । कलेजोको उपचारका लागि कोहलपुर ल्याइएका कोरोना परीक्षण गराउँदा उनमा असोज ६ गते कोरोना पुष्टि भएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार योसँगै कोरोना सङ्क्रमणका कारण बाहिरी जिल्ललाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको श्रेष्ठले  बताए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि