जेठ ०२, २०८१, बुधबार
               

४ लाख घुसस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियार टोलीको फन्दा परेका छन् ।

धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिने क्रममा प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जानकारी दिएको छ । 

धरौटीमा छुटाइदिन सहयोग गरेवापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले आज दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुषालले बताए । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि